पोखरा । सुनासको ८ औं अधिवेशन तथा १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिबेशनले रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
उपाध्यक्ष सिरोजविजय कोईराला, सचिव विष्णु प्रसाद अधिकारी, सहसचिव विष्णु प्रसाद पौडेल र कोषाध्यक्ष शान्ति गुरूङ निर्वाचित भएका छन् । सदस्यहरुमा लोकनाथ गौतम, शिवहरि आचार्य, ईन्दिरा भन्डारी, त्रिभुवन पौडेल, मन्जु गौतम र चित्र सुनार चयन भएको निर्वाचन समिति संयोजक पुन्य पौडेलले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकि प्रदेश निमित्त प्रमुख सचिब रामप्रसाद आचार्य, सल्लाहाकार आनन्द राज मुल्मी,अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपसचिब राजु कुँवर, बिद्दुत प्राधिकरण प्रमुख ऋषीकुमार बरनवाल, प्रदेश प्रहरी उपरीक्षक खडग खत्री लगायतले सुशासन प्रबर्धनमा सुनासले महत्वपूर्ण भुमिका निर्बाह गर्दै आएको र अब पनि नीतिगत र प्रक्रियागत भ्रष्टाचार न्युनिकरणमा नागरिक समाजको खबरदारी निरन्तर रहनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सचिब बिष्णु अधिकारी तथा कोषाध्यक्ष बिश्वमोहन अधिकारीद्वारा प्रस्तुत प्रतिबेदन सर्बसम्मत पारीत गरिएको थियो ।