सनराइज बैंकद्वारा वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम

पोखरा । सनराइज बैँक लिमिटेडले आफ्नो १५ औँ बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।

यसै क्रममा बैँकको गण्डकी प्रदेश कार्यालयद्वारा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आश्विन ०३ गते पोखरा वडा नं. ६ बैदाम स्थित केदारेश्वर मन्दिर परिसरमा सरसफाई तथा डस्टबिन बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी आश्विन ६ गते पोखरा वडा नं.१७ सितापाइला स्थित पोखरा बृद्घाश्रममा खाद्यान्न बितरण कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै आश्विन ९ गते सनराइज बैँक लिमिटेडको पोखरा वडा नं. ९ न्यूरोड स्थित पोखरा शाखा परिसर अगाडि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सनराइज बैँकले स्थापना कालदेखि हरेक वर्षहरुमा सामाजिक क्षेत्रमा यस्ता महत्वपुर्ण कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र आगामी वर्षहरुमा पनि गर्ने प्रतिवद्धता जनाएको छ ।

कमेन्टहरु
Loading...