कृस्ती-पोखरा मिलन सहकारीको अधिबेशन सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा न १७ डेविड फल्स छोरेपाटनमा अबस्थित कृस्ती-पोखरा मिलन सहकारीको नबौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सोमबार सम्पन्न भएको छ ।

अधिबेशनको जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए। पौडेलले सहकारीहरूलाई उद्दमशिलता सृजनामा केन्द्रीत हुन आग्रह गर्दै उत्पादनशिल कार्यको प्रबर्द्धन सहकारीहरूको अर्को लक्ष्य हुनु पर्ने बताए।

उनले आयात प्रतिस्थापनको नीति उत्पादनमुखी नितिबिना संभब नहुने भन्दै सो को लागि उत्पादनमुखी स्वरोजगार युबा बनाउन आफ्ना कार्यक्रम केन्द्रीत बनाउन सहकारीलाई आग्रह गरे।
सो अवसरमा सल्लाहकार बिजयराज आचार्य , संस्थापक सचिब एबम सल्लाहकार राजेन्द्र बहादुर थापा ,संस्थापक अध्यक्ष श्रीबहादुर रानाभाट ,निबर्तमान अध्यक्ष कमल बहादुर रेग्मी,पोखरा महानगरपालिका वडा न २१ का अध्यक्ष दिपक सुवेदी,लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

सो अधिबेशनले हस्त बहादुर के । सि। को अध्यक्षतामा कृष्ण बहादुर थापा उपाध्यक्ष, पबित्रमणि भण्डारी सचिब,रमेश पहारी कोषाध्यक्ष ,भरत बहादुर थापा सह-सचिब रहेको नौ सदस्यीय नयाँ कार्यसमिति र गुप्त बहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिती चयन गरेको निर्बाचन समितिका सचिब राजेन्द्र बहादुर थापाले जानकारी दिए।

संस्थाका अध्यक्ष रबिलाल शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष दिपेन्द्र आचार्य र संचालन सचिब शिव बहादुर पोख्रेलले गरेका थिए ।

कमेन्टहरु
Loading...