गन्थन संवाददाता, पोखरा । पछिल्लो समय डेंगु रोगको प्रकोप बढेसँगै आफ्नो वडामा सचेत बनाउन यतिखेर पोखरा महानगरपालिका वडा नं. ५ कार्यालय सक्रियरुपमा लागिरहेको छ । शुक्रबार (आज)देखि वडाका विभिन्न ठाउँमा पुगी वडाबासीलाई सचेत गराउँदै डेंगुबाट बच्ने उपाएसहितको सूचना व्यानर राख्दै वडाध्यक्ष, वडाका सदस्यहरु, वडा कार्यालयका कर्मचारी तथा वडाको सहरी स्वास्थ्य केन्द्र सचेत गराउन लागेको हो ।
वर्कसप, कवाडी जस्ता पानी जमेर बसीरहने स्थानहरुमा विशेष सचेत गराइएको वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । नेपालको तराई क्षेत्र र काठमाडौं तिब्ररुपमा डेंगु देखिएका कारण बेलैमा सचेत भएर लाग्न नदिन वडामा अभियान चलाइएको वडाध्यक्ष बरालको भनाई थियो ।
यस अघि बिहीबार नै वडामा रहेका टोल विकास समिति, आमा समूहका प्रतिनिधिहरु बिच डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्वन्धि सचेतना एवं अभिमुखिकरण कार्यक्रम वडाले सम्पन्न गरिसेकेको सहरी स्वास्थ्य केन्द्र वडा ५ का प्रमुख अशिष सुवेदीले जानकारी दिए ।
डेंगु के हो ? यसका लक्षण, उपचार र कसरी बच्ने ?