बालबालिकालाई विद्यालय निरन्तरताको लागि शैक्षिक सहयोग

पोखरा । कमजोर आर्थिक अवस्थाले बीचमै विद्यालय छोड्न सक्ने बालिकाहरुलाई विद्यालयमा निरन्तरताको लागि मानव बेचविखन विरुद्धको सवालमा काम गरिरहेको संस्था शक्ति समुहले शैक्षिक सहयोग गरेको छ ।

शक्ति समुहले राष्टिय बाल दिवसको अवसर पारेर पोखरा महानगरभित्रका ५ वटा ंविद्यालयमा आज “ओ यु आर”को आर्थिक सहयोगमा सञ्चालित परियोजना मार्फत सो सहयोग उपलव्ध गराइएको हो ।
पोखराका तालबाराही मावि, धर्मस्थली आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय, ज्ञानभुमि मा.वि र मसिना आधारभुत विद्यालयका २५ जना बालिकालाई झोला, पोशाक, स्विटर,जुत्ता, मोजा,कापी,कलम, क्यालकुलेटर लगायत एक वर्षको शैक्षिक सामग्री सहयोग गरिएको हो ।

अति आवश्यक, आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई पोखरा महानगरपालिकाको शिक्षा महाशाखासँग समन्वय गरी बिद्यालय निरन्तरताको लागि शैक्षिक सामाग्री वितरण गरिएको शक्ति समुहका गण्डकी प्रदेश संयोजक सरिता पौडेलले बताइन् ।

उनका अनुसार शक्ति समुहले आर्थिक स्थिति कमजोर भएका बालिकाहरुलाई विद्यालय निरन्तरताको लागि सहयोग गरेको हो ।

वितरण गरिएको सामग्रीबाट विद्यालय र विद्ययार्थीले सही प्रयोग गरी आफ्नो पढाईलाई निरन्तरता दिनुपर्छ भन्दै आवश्यकता परेको ठाउँमा राज्यबाट पनि अभियान चलिरहेकोले यस अभियानमा शक्ति समुहको सहयोगले थप सहयोग गर्ने पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए ।

कार्यक्रममा शक्ति समुहको कार्यकारी निर्देशक बालकुमारी दर्लामीले संस्थाले मानव बेचबिखन विरुद्धको सवालमा गर्दै आएका कामका बारेमा जानकारी दिदै यस शैक्षिक सामाग्रीलाई शक्ति समुहको मायाको चिनोको रुपमा ग्रहण गरी आफ्नो पढाईलाई निरन्तरता दिनको लागि थप टेवा पुग्ने विश्वास राखिन् ।

उनले आगामी दिनमा विद्यालयलाई थप सेवा मिलोस र विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा सहयोग गर्न प्रत्येक विद्यालयमा दुई ÷दुई वटा कम्प्युटर वितरण गरिने जानकारी गराइन् ।

कमेन्टहरु
Loading...