राजनीतिक पूर्वाग्रह राखेर कर्मचारी सरुवा गरिएको भन्दै एमाले मादीको आपत्ति

पोखरा । राजनीतिक पूर्वाग्रह राखेर कर्मचारीको सरुवा गरिएको भन्दै नेकपा एमाले मादी गाउँपलिका वडा नं. १ कमिटीले आपत्ति जनाएको छ । कमिटीले एक विज्ञप्ती जारी गर्दै मादी गाउँपालिका वडा नं. १ कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत मिलन गुरुङलाई राजनीतिक पूर्वाग्रह राखेर सरुवा गरिएको व्यवहारले गम्भीर बनाएको बताएको छ ।

‘संघिय तथा प्रदेश तहको निर्वाचन मंसिर ४ गते सम्पन्न गर्न मिति समेत तोकिसकेको सन्दर्भमा गाउँपालिकासँग साठगाँठ गर्दै दुःख दिने गलत नियतवस सरुवा गरिएको कुरा हामीले बुझेका छौं । समग्र गाउँपालिकामा १ जना मात्र कर्मचारी मिलन गुरुङलाई गलत नियत राखेर सरुवा गरिएकाले उक्त सरुवा बदर गरियोस भन्दै यो पत्रद्वारा जानकारी गराउँदछौं । अन्यथा यसबाट पर्न जाने असरको जिम्मेवार स्वयं मादी गा.पा. वडा नं. १ का वडाध्यक्ष हुनुपर्नेछ । सबैको जनप्रतिनिधि बनेर सबैलाई समेटेर कार्यहरु गर्नुपर्नेमा अत्यन्तै विभेदपूर्ण तरिकाले अगाडी बढेको हाम्रो ठम्याई छ ।’ –कमिटीका अध्यक्ष भीमराज गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

फेरि पनि त्यस्ता कार्यहरु नगर्न र सरुवालाई बदर गर्न कमिटीले अनुरोध गरेको छ ।

 

कमेन्टहरु
Loading...