असोज १ गते पोखरामा नेपाल भारत मैत्री संघको आठौं मैत्री सभा हुने

गन्थन संवाददाता, पोखरा । नेपाल भारत मैत्री संघको आयोजनामा पोखरामा आठौं केन्द्रीय मैत्री सभा हुने भएको छ । असोज १ गते हुने उक्त सभा पोखरा सभागृह हलमा हुने जनाइएको छ ।

पोखराको पर्यटन विकास लागि भन्दै संघले मैत्री सभा पोखरालाई नै छानेको संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र झाले बताए ।

नेपालका ७० जिल्लामा शाखा विस्तार भएको र १ सय २३ शाखा–उपशाखाबाट सहभागि हुन पोखरा आउने भएकाले पर्यटन प्रवद्धनमा टेवा पुग्ने उनको भनाई थियो ।

मैत्री सभामा ३ सय भन्दा धेरैको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने कार्यतालिका रहेको संघले जनाएको छ ।

कमेन्टहरु
Loading...