सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको अध्यक्षमा कृष्णप्रसाद अधिकारी चयन

गन्थन संवाददाता, पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको १६औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको अध्यक्षमा कृष्णप्रसाद अधिकारीलाइ सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा गंगा कुमारी खनाल, सचिबमा केशवराज तिवारी, कोषाध्यक्षमा बुद्धिसागर पौडेल र सहसचिबमा दिपकनाथ भण्डारी चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा मायादेवी सापकोटा, मिना माया श्रेष्ठ, कृष्ण प्रसाद ओझा, कुशराज तिमिल्सेना, गणेश प्रसाद ढकाल, कृष्ण प्रसाद सुवेदी, कृष्ण रिजाल, चन्द्र प्रसाद ढुङ्गाना र कृष्ण प्रसाद तिमिल्सिना चयन भएका छन् ।

१६औं साधारण सभा गण्डकी प्रदेश प्रमुख प्रहरी नायब माहानिरिक्षक रामदत्त जोसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...