सूचनाको हक पोखरा महानगर सञ्जालले वडा भित्रका टोल–टोलमा उपसमिति गठन गर्ने

पोखरा । सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की अन्तरगत रहेको पोखरा महानगर सञ्जालले पोखराका ३३ वटै वडाका टोल–टोलमा उपसमिति विस्तार गर्ने भएको छ । सूचनाको हक पोखरा महानगर सञ्जालको शुक्रबार बसेको पहिलो बैठकले वडालगाएत टोल–टोलमा उपसमिति विस्तार गर्ने निर्णय गरेको समितिका सचिव सागर कार्कीले जानकारी दिए ।

आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई महानगर सञ्जालले घरघरमा सचेतना जगाउन पनि महानगर समितिले यस्तो निर्णय गरेको पोखरा महानगर समितिका अध्यक्ष अनिल थापाले बताए ।

त्यस्तै सञ्जालको पहिलो बैठकले दिपक आचार्य, यदुनाथ बञ्जारा र रेशम खड्कालाई सल्लाहकारमा चयन समेत गरेको छ ।

यहि भदौ १० गते पोखरा महानगर सञ्जालमा नयाँ नेतृत्व चयन भएको थियो ।

कमेन्टहरु
Loading...