नेशनल प्याब्सन कास्कीको पठनसिप तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न

पोखरा । नेशनल प्याब्सन कास्कीको आयोजनामा शुक्रबार अन्तर विद्यालय स्तरीय पठनसिप तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याब्सन कास्कीको सभाहलमा राखिएको प्रतियोगितामा पोखरा ३३ को मर्निङ्ग ग्लोरी एकेडेमी विद्यालयकी शिवानी भण्डारीले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा पोखरा १ को अञ्जुली बोर्डिङ्गकी दृश्या पौडेले द्धितीय स्थान तथा पोखरा २६ को अल्फा एकेडेमी विद्यालयकी प्रशंसा शर्माले तृतीय स्थान हाँसिल गरे । प्रतियोगितामा पोखरा ३२ को शाान्ति बाटिका स्कूलकी सचिता सुवेदीले चौथो स्थान हाँसिल गरेकी थिइन् भने लाभिन रेजिडेन्टलकी कृतिका सेन्चुरी र बर्डस एकेडेमीकी शुष्मा खत्री उत्कृष्ट छ मा परेका थिए ।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पोखरा का प्रमुख नारायणप्रसाद सुवेदीले भाषाका सिपको विकासका लागि यस्ता प्रतियोगिता सहयोगी हुने धारणा राख्दै एन प्याब्सन कास्कीलाई यस्ता कार्यक्रमहरु भावी दिनमा पनि निरन्तर गर्न आग्रह गरे । पठनसँस्कृतिको विकासमा उनले विशेष जोड दिएका थिए ।

प्रतियोगिताका संयोजक राजु कायस्थले सहभागीलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेका थिए । संस्थाले यसअघि नै शिक्षकहरूका लागि अभिमुखिकरण सम्पन्न गरेको थियो । अभिमुखिकरणमा सञ्जीव पौडेलले सहजीकरण गरेका थिए ।

प्रतियोगिता संयोजन समितिका सदस्य विष्णुहरि पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेशनल प्याब्सन कास्कीका अतिरिक्त कृयाकलाप प्रमुख राजु केसीले धन्यवाद ज्ञापन गरे । प्रतियोगितामा नेशनल प्याब्सन कास्की अन्तरगत रहेका ३३ विद्यालयको सहभागीहरुको सहभागिता रहेको थियो । समय निर्धारण चरण , श्रुतिलेखन चरण, कविता वाचन चरण, लेख्य चिन्हअनुसारको पठन, विधागत पठन चरण र समाचार वाचन चरण गरी प्रतियोगितालाई विभिन्न सात चरणमा सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा संस्कृत क्याम्पस पोखराका क्याम्पस प्रमुख डाक्टर जगन्नाथ रेग्मी, कन्या क्याम्पस पोखराका प्राध्यापक डाक्टर भुमिराज बस्ताकोटी र पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष जीवन सागर भण्डारी निर्णायक रहेका थिए ।

कमेन्टहरु
Loading...