मगर विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस समितिको अध्यक्षमा रसेल

पोखरा । नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस समितिको अध्यक्षमा रसेल राना मगर चयन भएका छन् । क्याम्पसका विद्यार्थीहरुको भेलाबाट रसेल राना मगरको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा प्रकाश घर्ती मगर, सचिवमा प्रिती मगर, कोषाध्यक्षमा सुनिता आले मगर, सहसचिवमा इशान पुन मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिमल थापा मगर, हिमाल राना मगर, पदम थापा मगर, सृजना राना मगर, सुजन घर्ती मगर, अन्जित आले मगर, चमन थापा मगर, सरोज राना मगर, रोशन पुन मगर र रिवाज थापा मगर चयन भएका छन् ।

कमेन्टहरु
Loading...