मन्त्रीनै गुटको भेलामा, चुनावमा कास्की काँग्रेस बलियो होला त ?

कमल सुवेदी, पोखरा । चुनाव नजिकिदै गर्दा नेपाली काँग्रेस कास्कीमा गुटको भेला शुरु भएको छ । मन्त्री नै गुटको भेलामा संलग्न भएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का नै गुट भेलामा उपस्थित भएपछि चौतर्फि अशंका उब्जीएको छ ।

यस विषयमा नेपाली काँग्रेस कास्कीका सचिव भानु ढकालसँग बुझ्न खोज्दा काँग्रेसमा व्यक्तिवादी हावी भएको र यसले सिंगो पार्टीलाई नै कमजोर बनाउने बताएका छन् । साथै व्यक्तिगत तरिकाले नभई पार्टीको हित अनुसार सबै मिलेर अगाडी बढ्नु पर्ने ढकालको भनाई थियो । उनले पछिल्लो समय पार्टीमा गुट हावी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पार्टीमा गुटको राजनीतिले कार्यकर्तामा मनोभावनामा नकरात्मक असर पर्ने बताउँदै उनले उच्च व्यक्तिले नै यस्ता कार्य नगर्न उनले अनुरोध गरेका छन् । साथै यस्ता पार्टी हित विपरितका कार्य हुन नदिने समते उनले बताए ।

यता मन्त्री खड्कासँग प्रश्न गर्दा गुटको भेला नभई समर्थकसँग गरिएको भेटघाट बताएका छन् । उनका अनुसार यो गुटको भेला नभई समर्थकले आफ्नो बारेमा जानकारी खोजेकाले जानकारी दिन गरिएको भेटघाट बताएका छन् ।

कमेन्टहरु
Loading...