पोखरा ,२२ भदौ ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीले मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रदेश सभा निर्बाचनको घोषणा पत्र तयारीका लागि सुझाब संकलन शुरु गरेको छ । समृद्ध गण्डकी प्रदेश निर्माणको लागि आफ्नो पार्टीको तर्फबाट समेटिनुपर्ने बिषयका लागि सम्पुर्ण नेता ,कार्यकर्ता र आम गण्डकी प्रदेश बासी जन समुदायसङ्ग सुझाव संकलन गरि घोषणापत्र तयार गरिने उक्त पार्टीको गण्डकी प्रदेश कमिटिले जनाएको छ ।
“नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र तयार गर्ने कार्य अगाडि बढेको हुँदा यहाँहरुका महत्वपूर्ण सुझावको अपेक्षा राख्दछौँ ” घोषणा पत्र मस्यौदा समितिको तर्फबाट प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जारी गरेको अपिलमा उल्लेख छ ।
सुझाव पठाउनका इमेल ठेगाना [email protected],,dhananja