राजु गिरी, पोखरा । लौरो अभियानका केन्द्रिय युवा परिचालन संयोजकमा पोखराका अभिमन्यु पाण्डे चयन भएका छन् । विभिन्न अभियानमा सक्रिय हुँदै आएका पाण्डेलाई लौरो अभियानले युवा परिचालन संयोजकको जिम्मेवारी दिएको हो ।
पाण्डे स्थानीय तह निर्वाचनमा पोखराबाट सुरु भएको स्वतन्त्र उम्मेदवारी अभियानका युवा परिचालन संयोजक थिए । स्थानीय तहको निर्वाचनमा उठेका मेयरहरुलाई आक्रमक शैलिले खबरदारी गरेर उनी चर्चामा समेत आएको थिए । जिम्मेवारी पाएका पाण्डेले देशभरिका स्वतन्त्र उम्मेदवारलाई लौरो चिह्न लिएर उठ्न समेत आग्रह गरेका छन् ।
‘लामो समयदेखि विभिन्न पार्टीले नेतृत्व गर्दा पद बाडफाट बाहेक केही उपलब्धी गर्न सकेन । साच्चैकै अबस्था फेर्न र राजनीतिमा होमिएका पार्टीहरुलाई सुधार्न अव खबरदारी गर्नुपर्ने अवस्था आएको छ । हामी बेवस्थाको बिरोधी होइनौ तर अवस्था परिवर्तनको संभावना विगतका दलबाट नदेखेर नै हामीले स्वतन्त्रको लहर ल्याउनु परेको हो । हामी नेता बन्न उम्मेदवारहरु उठाइरहेका छैनौं, साच्चै देशको नाजुक अबस्थाबाट चिन्तित भएर हामी स्वतन्त्र तथा बैकल्पिक धारबाट लौरो चिह्न लिएर उम्मेदवार उठाएका छौं ।’ –उनी भन्छन् ।
गएको स्थानीय तहको निर्वाचनदेखि लौरो अभियान देशैभर अगाडी बढिरहेको छ । कसैको बिरोध गर्ने पक्षमा नभएको तर निरन्तर खबरदारी गर्न पछि नपर्ने उनको भनाई छ । संसद भित्रै छिरेर खबरदारी र जनताको आवाज बोल्न र नीति स्थापना गर्न चाहेको पाण्डे बताउँछन् । विभिन्न संघ संस्थामा रहि काम गरिरहेका पाण्डे अटेरी अभियानका युवा परिचालन र दारी ग्याङ पोखराका संयोजक समेत हुन् ।