कांग्रेस नेता कोइराला गण्डकी प्रदेशसभा सदस्यमा सिफारिस

नेपाली कांग्रेसका युवा नेता अर्पण कोइराला गण्डकी प्रदेशसभा सदस्य पदका लागि सिफारिस भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य पदका लागि कोइराला समानुपातिकतर्फबाट सिफारिस भएका हुन् ।

कोइरालालाई कास्की क्षेत्र नं २ (ख ) बाट अपाङ्गतर्फ समानुपातिकमा सिफारिस गरिएको हो । प्रदेशसभा क्षेत्रीय समितिले उनको नाम गण्डकी प्रदेश कार्यसमितिमा सिफारिस गरेको हो ।

नेता कोइराला नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्यसमेत हुन् । कांग्रेस परिवारमा हुर्किएका कोइराला २०६३ सालदेखि राजनीति शुरु गरेका थिए ।

उनले २०६३ सालमा महेन्द्र उच्च माविमा नेविसंघको उपसभापति भएर काम गरेका थिए । ०६६ मा नेविसंघको जिल्ला सदस्य भएका उनी पार्टीको १४ औं महाधिवेशमा जिल्ला सदस्यमा निर्वाचित भएका थिए । पोखरा ४ गणेशटोल निवासी कोइराला पार्टीको जिल्ला सदस्य भएपछि राजनीतिमा थप सक्रिय भएका छन् ।

एजेन्सी

कमेन्टहरु
Loading...