गन्थन संवाददाता, पोखरा । लायन्स क्लब अफ पोखरा गार्डेन सिटीले प्रथम स्व. हरि शंकर अर्याल स्मृति अन्तर डिस्ट्रिक लायन्स क्लब ५–ए साइड फुटसल प्रतियोगिता अयोजना गर्ने भएको छ । यहि भदौ १७ र १८ गते पोखरा–६ लेकसाइड एरिनामा अन्तर डिस्ट्रिक लायन्स क्लब ५–ए साइड फुटसल प्रतियोगिता आयोजना गरेको हो ।
लायन्स क्लबहरुबिच आपसी भाइचारा अभिवृद्धि तथा स्वास्थ्यका लागि फुटसल प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक दिनेश गुरुङले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले प्रमाणपत्रका साथमा नगद रु ४० हजार प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले प्रमाणपत्रका साथमा नगद रु २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।