मिटरब्याज पीडितहरूलाई ५ भदौभित्र प्रमाणसहित उजुरी गर्न कास्की प्रशासनको आग्रह

गन्थन संवाददाता, पोखरा । कास्की जिल्लामा केही समययता मिटरब्यजका कारण पीडित हुनु परेको धेरै घटना सार्वजनिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आगामी ५ भदौभित्र त्यस्ता पीडितहरूलाई प्रमाणसहित कास्की प्रशासन वा कास्की प्रहरीमा उजुरी गर्न सूचना जारी गरेको छ ।

मिटर ब्याजीहरुले गरेको अपराध र शोषणको तथ्य प्रमाण सहित प्रशासन वा प्रहरीमा उजुरी दर्ता गराउन कास्की प्रशासनले आग्रह गरेको हो । उजुरीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरिक्षक राजन शर्मा रेग्मीलाई सम्पर्क गर्न समेत प्रशासनले जनाएको छ ।

कमेन्टहरु
Loading...