एमाले कास्की इन्चार्ज फेरिए, थापालाई इन्चार्जको जिम्मेवारी

पोखरा । नेकपा एमाले केन्द्रिय सचिवालयको बैठकले कृष्ण थापालाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।

विहिवार बसेको केन्द्रिय सचिवालयको बैठकले भिम कार्कीलाई हटाएर थापालाई जिम्मेवारी दिने निर्णय गरेको हो । कार्कीलाई एमाले केन्द्रिय भुमि विभागको उपप्रमुखको जिम्मेवारी दिईएको छ ।

पोखरा महानगरपालिकामा मेयरमा पराजित थापा यसअघि कास्की सह ईन्चार्जको जिम्मेवारीमा रहेका थिए ।

कमेन्टहरु
Loading...