पोखरामा फेरी अर्को एटिएम मेसिन फोरियो, एक जना पक्राउ

गन्थन संवाददाता, पोखरा । पोखरामा एनआइसि एसिया बैंकको एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि शुक्रबार राती ११ बजे पोखरा महानगरपालिका वडा नं. १७ विरौटा स्थित एनआइसी बैंकको एटिएम फोर्दै गरेको अवस्थामा पर्वत कुश्मा नगरपालिका वडा नं. ३ का २३ वर्षिय कृष्ण बहादुर बिकलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

बिकलाई कास्की अदालतबाट ७ दिन म्याद थप गरि अनुशन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए ।

निज बिक यस अघि पनि माछापुच्छ्रे बैंकको एटिएम मेशिन फोर्दै गरेको अवस्थामा पक्राउ परेर कैद भुक्तान गरेको अभिलेख देखिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...