राष्ट्रिय स्वतन्त्र पार्टि अबको एकमात्र विकल्प: नेता रेग्मी

पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सदस्य तथा सुचना प्रमुख बाेधराज रेग्मीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा देशका लागि एकमात्र विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी रहेको बताएका छन् । स्याङ्जा जिल्ला फेदिखाेला गाउँपालिकाकाे पार्टी कार्यालय उद्घाटन तथा भेलामा सम्बाेधन गर्दै रेग्मीले भने – “पुराना राजनीतिक दलहरूले जनताका समस्या सुन्न खाेजेनन् ,जनतालाई हरेक कुराबाट चुसिरहे, जनताका समस्यालाई समाधान गर्ने एकमात्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो ।”

सरकारमा रहेर आफु र आफ्ना कार्यकर्ता मात्रै साेच्ने , जनताका समस्या जस्ताको तस्तै रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनैपनि कार्यकर्ता तथा संगठन नहुने भन्दै अागामी निर्वाचनमा घण्टी चिन्ह मतदान गरि पुराना दललाई पाखा लगाउँदै देशलाई परिवर्तनको दिशामा लैजान समेत आग्रह गरे ।

मंसिर ४ गतेकाे निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीकाेे नेतृत्वमा सरकार बन्ने र जनताका समस्या सम्बाेधन हुने समेत जिकिर गरे । पार्टीको सदस्यता मात्रै नलिई आफ्ना क्षेत्रमा रहेका समस्या समेत सम्पर्क कार्यालयमा लिखित रुपमा पेश गर्न अनुरोध गरे ।

कार्यक्रममा दिनेश क्षेत्री , क्या. शिव बहादुर खत्री , जिल्ला सचिव रमेश पाेख्रेल , जिल्ला सभापति डिल्लीराम काेइराला, प्रदेश सदस्य विश्वास भण्डारी लगाएतले बाेलेका थिए भने पार्टीका सभापति रवि लामिछानेको भर्चुअल सम्बाेधन समेत रहेको थियो । फेदिखाेला गाउँपालिकामा पुष्पराज शर्माको सभापतित्वमा गाउँपालिका समिति र विभिन्न वडासमिति चयन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारका लागि अहिले देश दाैडाहमा रहेको छ ।

कमेन्टहरु
Loading...