मंहगी बिरुद्ध एमालेको काठमाडौंमा प्रदर्शन

काठमाडौं / प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले मुल्यबृद्धीलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ ।

मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो ।

आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन अपरान्ह दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर बसन्तपुरमा सभामा परिणत हुनेछ । प्रदर्शनसँगै काठमाडौं उपत्यकामा पानीसमेत परिरहेको छ ।

जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र जनबर्गिय संगठनहरुको उपस्थीति रहेको छ ।

कमेन्टहरु
Loading...