पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनमा आइतबार राति आएको पहिरोका कारण एक जनाको ज्यान गएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको घर भत्किएको र उक्त घरमा भाडा गरि बस्ने माछापुच्छ्रे गाउँपालिका वडा नं. १ भुज्रुङखोलाका २६ वर्षिय सन्तोष सुनारको ज्यान गएको हो । राति १२ः५५ बजे आएको पहिरोबाट घाइते बनेका सुनारलाई १ः५५ बजे उद्दार गरि अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले गन्थन डटकमलाई जानकारी दिए ।
पहिरोका कारण माछापुच्छ्रे गाउँपालिका वडा नं. १ भुज्रुङखोलाकै सुनिता सुनार घाइते भएकी छिन् । उनको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।