तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मुत्यु, १४ जना घाइते

काठमाडौं। प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने १४ जना घाइते भएका छन् ।

आज भएको लु ३ च ३५३ नम्वरको जीप दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १७ जना सवार थिए ।

कमेन्टहरु
Loading...