सुर्यचन्द्र विकास समाजले खुला तिज गित प्रतियोगिता गर्ने

राजु गिरी, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तिज गित प्रतियोगिता गर्ने भएको छ । कोभिडका कारण दुई वर्ष स्थगित रहेको प्रतियोगिता यस वर्ष सञ्चालन गरिने सुर्य चन्द्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बरालले जानकारी दिए ।

उनका अनुसार तिज गित प्रतियोगितासँगै महिलाहरुको छेलो प्रतियोगिता र दौड प्रतियोगितासमेत राखिने छ ।

तिज गित प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वनाले ५ हजार प्राप्त गर्ने समाजले जनाएको छ ।

साथै उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य र दर्शक उत्कृष्ट नृत्यमा पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगिता मालेपाटन खेल मैदानमा हुनेछ ।

कमेन्टहरु
Loading...