सरकारले करारका कर्मचारी हटाएको प्रति एमालेको आपत्ति

पाेखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको भन्दै विरोध तथा आपत्ति जनाएको छ ।

एमालेक संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौं कर्मचारीहरुलाई वर्खास्त गर्न थालेको कुराप्रति एमालेको ध्यानाकर्षण भएको जनाएको छ ।

उनले भनेका छन्, ‘एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रिया विपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भत्र्सना गर्छ ।’

कमेन्टहरु
Loading...