गन्थन संवाददाता, पोखरा । नेकपा (एमाले) कास्कीका पूर्व जिल्ला कमिटी सदस्य तोरणबहादुर केसी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पोखरामा भएको एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हातबाट टिका लगाई पार्टी प्रवेश गरेका हुन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा “क.पुष्पलालको योगदान, वर्तमान नेपालको राजनीतिक अवस्था र समाजवादी कार्यदिशा” विषयक विचार गोष्ठी कार्यक्रम पोखरा सभागृहमा भइरहेको छ । सोही कार्यक्रमका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पोखरा आएका थिए । पार्टी प्रवेश गरेका केसीलाई एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य बनाउने श्रोतले जनाएको छ । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ९७ जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।