पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडस्थित एनआइसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम घर भई पोखरा ९ पृथ्वीचोक बस्ने वर्ष १९ का नरेश पुन मगरलाई उक्त एटिएम मेशिन फोर्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।
मगरलाई अदालतबाट चोरी उद्योग मुद्दामा ५ दिन म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।