पोखरा । आज साउन १ गतेदेखी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले उधारो कारोबार बन्द गर्ने निर्णय गरेको छ । यसै निर्णयलाई कार्यान्वयन गर्दै गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशासियसनले पनि उधारो कारोबार आजदेखि बन्द गर्ने निर्णय गरेको हो ।
केही व्यवसायीहरुले १५ दिन वा मासिक उधारोको सम्झौता गरेको भएपनि सम्झौतालाई वेवास्ता गर्दै पटक पटक दुःख दिएको अनेकौं गुनासो संस्थामा आएपछि उधारो कारोवार बन्द गर्नुपरेको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशासियसनका महासचिव मोहन सुवेदीले जानकारी दिए ।