उपसभामुखमा एमालेकी विद्या र कांग्रेसकी पुष्पा बीच भिडन्त हुने

काठमाडौ‌‌ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । एमालेले विद्या भट्टराई र गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाललाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखको उम्मेदवार भट्टराई भएको जानकारी दिए ।

यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेद्वारहरुलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो । तर, अब भने एमालेकी भट्टराई र कांग्रेसकी भुसाल बीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

 

कमेन्टहरु
Loading...