गण्डकी सरकारद्वारा राज्यकोषको चरम दुरुपयोग: अनेरास्ववियुद्वारा ‘१ रुपैयाँ दान अभियान’ शुरु

गन्थन संवाददाता, पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन गण्डकीले गण्डकी प्रदेश सरकारले राज्यकोषको चरम दुरुपयोग गरि आफ्नो पारिवारिक ट्र्स्ट बनाउन करोडौं रुपैयाँ गर्न थालेको भन्दै उक्त कार्यको विरुद्धमा ‘रु १ दान अभियान’ शुरु गरेको छ । गण्डकी सरकारले नै लुटतन्त्रलाई बढावा दिएको भन्दै अनेरास्ववियुले आज पोखरा ७ रत्नचोकबाट उक्त अभियान सञ्चालन गरेको हो ।

अगामी आर्थिक वर्षका लागि सरकारी ढुकुटीबाट आफ्नो बुवा–आमाको नामको कोष भर्न, ट्रष्ट चलाउन गण्डकीका मुख्यमन्त्री र मन्त्रीले बजेट हालेका थिए । ट्रस्ट चलाउन सरकारी रकम होइन जनता नै दान दिन तयार छन् भन्दै अनेरास्ववियुले सरकारको अयोग्य कदमको विरोध गर्दै दान संकलन अभियान सञ्चालन गरेको हो ।

यद्यपी चौतर्फी बिरोधपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विवादित एक करोड ९० लाख रुपैयाँका चारवटा कार्यक्रम आगामी आर्थिक वर्षको बजेटबाट हटाउन निर्देशन दिइसकेका छन् । तर मुख्यमन्त्री र मन्त्रीले बा-आमाको नामको कोषमा बजेट हालेको विषयमा आलोचना भइरहँदा गण्डकी प्रदेश सांसद पियारी थापा परिवारको गाउँमैत्री अक्षयकोष (जिमाक)लाई पनि ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कमेन्टहरु
Loading...