एमाओवादी नसुध्रिए ज्ञानेन्द्रको हाल नेता – नेपाल

पोखरा, २२ माघ/सरकारको विरुद्धमा संयुक्त रुपमा आन्दोलनमा होमिएका प्रतिपक्षि दलहरुले पोखरामा विरोध सभा गर्दै देशलाई निकास दिनका लागी वर्तमान एमाओबादी नेतृत्वको सरकार ढल्नैपर्नेमा जोड दिएका छन् । अहिलेको अवस्थामा स्थिर सरकार नबनेसम्म राज्यले निकास नपाउने तर्क पेश गर्दै विपक्षी दलहरुले सहमतीको सरकार निर्माणका लागी आफुहरु आन्दोलनमा होमिनुपरेको बताएका छन् ।

विरोध सभाको सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने–‘माओबादीको सर्वसत्ताबादी चरित्र हटाउने उद्देश्यका लागी हो, यदि माओबादी अझै पनि नसुध्रिने हो भने उसको हालत पनि ज्ञानेन्द्र शाहको जस्तै हुनेछ ।’ नेता नेपालले एमाओबादीका अध्यक्ष पुष्पकमल दाहालको प्रसंग निकाल्दै माओबादी ढटुँवा पार्टी र प्रचण्ड ढाँटको खेती गर्ने मान्छे भएको टिप्पणी गरे ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतीको सरकार निर्माण गरि संविधानसभाको चुनाव गराउनका लागी आफुहरुले आन्दोलन थालेको बताए । लोकतन्त्र र संघियताको फुस्रा कुरा गर्दै माओबादीले नेपाली जनतालाई ठग्ने मनशाय बनाएको उनले जिकिर गरे ।

कमेन्टहरु
Loading...