कास्किमा मनाइयो १९ औं राष्ट्रिय धान दिवस

पाेखरा । कास्किमा मनाइयो १९ औं राष्ट्रिय धान दिवस पोखरा ,असार १५ कास्कीको माछापुच्छ्रे गाउपालिकाको वडा न ३ मा एक विशेष कार्यक्रमको आयोजना गरि १९ औ राश्ट्रीय धान दिवस मनाइएको छ। कृषि ज्ञान केन्द्र कास्की र घाचोकको भुमे सृजनशिल कृषक समुहको आयोजनामा रोपाइ महोत्सबको आयोजना गरि धान दिवस मनाइएको हो कार्यक्रमको जिल्ला समन्बय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए ।

उनले नेपालको कुल ग्राहस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको धान बालीको प्रबर्द्धन गर्न ससक्त कदम चाल्नुपर्ने उल्लेख गरे। कृषकहरूको जिबनस्तर उकास्न विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुबाट हुने कार्यक्रम थप प्रभाबकारी हुनुपर्नेमा जोड दिए। कृषिमा आयात बढ्नु चिन्ताको बिषय भन्दै कृषीमा यान्त्रिकिकरण र आधुनिकीकरण नभए सम्म व्यावसायिकरण नहुने र सो को लागि सरकारी र गैर सरकारी निकायहरु अब उत्कृष्ट नतिजा आउने गरेर कार्यक्षेत्रमा उत्रनुपर्ने बताए।

उनले कृषकको उत्पादन बिचौलिया मार्फत नभै सिधै कृषकबाट उपभोक्तामा बिक्रि गर्ने प्रबन्ध मिलाउनु पर्ने उल्लेख गरे। कार्यक्रममा कास्किका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य , कृषि ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारी , माछापुच्छ्रे गाउपालिका वडा न ३ का अध्यक्ष हरिश्चन्द्र लम्साल , भुमी ब्यबस्था ,कृषि तथा सहकारी बिकास मन्त्रालय कृषि बिकास महाशाखा गण्डकीका प्रमुख बालकृष्ण अधिकारी , सोही मन्त्रालयका सचिब हरिबहादुर के सि, माछापुच्छ्रे गाउपालिका उपाध्यक्ष सीता अधिकारी लगायतले बोलेका थिए। भुमे सृजनशिल कृषक समूह अध्यक्ष रबिलाल पोख्रेलको अध्यक्षताम सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मिना पोख्रेलले गरेकी थिइन।

कमेन्टहरु
Loading...