पूर्व मुख्यमन्त्री एवं गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता पृथ्विसुब्बा गुरुङले गण्डकी प्रदेश सभामा तत्काल बजेट सत्र सुचारु गर्न माग गरेका छन् ।नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताए ।
उनले सभामा बजेट प्रस्तुत गरेर सत्ता पक्षले नै अनिश्चितकालका लागि सदन स्थगित गरेको भन्दै आफैले बजेट ल्याएर आफैले छलफल रोक्ने काम गैरसंसदीय भएको जीकिर गर्दै लोकतान्त्रिक परिपाटी अनुसार चल्न पनि माग गरेका छन् ।
बजेटमाथि छलफल गराउन पनि नसक्ने हो र मुख्यमन्त्रीलाई नमान्ने मन्त्रीलाई हटाउन पनि नसक्ने हो भने राजीनामा दिन समेत गुरुङले मुख्यमन्त्रीलाई सुझाएका छन् ।