अनेरास्ववियू पिएन क्याम्पस कमिटिको अध्यक्षमा न्यौपाने

पोखरा । अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको विस्तारित बैठकबाट नया नेतृत्व चयन गरिएको छ । अनेरास्ववियू केन्द्रिय उप महासचिव महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।

विस्तारित बैठकमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अनेरास्ववियूमा लाग्ने विद्यार्थीहरुको पहिलो काम अध्ययन गर्ने भएको भन्दै उपस्थित विधार्थीलाई आफ्नो पढाइमा ध्यान केन्द्रीकृत गर्न आग्रह गरे ।

पछिल्लो समय नेपाली राजनीतिमा देखिएको स्वतन्त्र उमेदवारी को परम्परा प्रति कटाक्ष गर्दै श्रेष्ठले दलिय व्यवस्थामा नेतृत्वको कपि गर्दा सफल नहुने बताए ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसका निर्वतमान अध्यक्ष तथा अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले गरेका थिए भने सञ्चालन निर्वतमान सचिव रसिक न्यौपानेले गरेका थिए ।
करिब ३ घण्टा चलेको विस्तारित बैठकले रसिक न्यौपानेको अध्यक्षतमा २९ सदस्यीय कमिटी गठन गरिएको छ।

बैठकले उपाध्यक्षमा विशाल नायक क्षेत्री, सचिवमा सन्तोष पौडेल, सहसचिवमा सुजन सुवेदी र सुदिप पौडेल, कोषाध्यक्षमा कल्पना सुवेदी चयन गरेको छ ।

कमेन्टहरु
Loading...