नेता कार्यकर्ताको बखडाले पार्टी सक्कीएला तर स्वतन्त्रता सक्किदैन

-अभिमन्यु पाण्डे

/ लौरो लिएर एउटा इमान्दार बौद्धिक ब्यक्ति पोखरामा मेयर पदमा उम्मेदवारी दिएका एउटा स्वतन्त्र ब्यक्तिलाई मैले समर्थन गर्दै र कम्तिमा यस्ता ब्यक्तीले महानगर समाल्नु पर्छ भन्ने हेतुले अगाडि बढ्दा हासी मजाक र खिस्सी ट्युरिको पात्र म बनेको घटना ताजै छ ।

तर त्यै लौरो लिएर उठेका हर्क साम्पाङ र बालेन्द्र शाह(बालेन)ले जित्दा दशकौ देखि राजनीतिक अस्तिरता र अराजकताले पिल्सिएको समा बाट उन्मुक्ति पाएर जनताको जित भएको आभास सङ्गै गर्व महशुस भएको छ । हामिले समाज परिवर्तनको निम्ति कम्तिमा स्थानिय निर्वाचन स्वतन्त्र हुनुपर्छ भन्ने मुद्दा उठाएको त सबै पोखराबासी र अधिकांश नेपालिहरुलाई अवगत नै छ । जुन मुद्दा हामिले उठाएका थियौ यस्तै र यस्तै यस्तै तरिकाको मुद्दा सहित देशभरबाट स्वतन्त्र उम्मेदवारहरुको लर्को लागेको कुरा हामी नकार्न सक्दैनौ ।

यति धेरै स्वतन्त्रता उम्मेदवार हरु आउनुको पछाडी राजनितीक दलबाट छनिएका जनप्रतिनिधिहरु जसरी र जे काम गर्नु पर्नेथ्यो त्यो नगरेकै कारण ले हो भन्ने कुरा त सर्वबितितै छ । र जनप्रतिनिधि बनिसके पछि जनताको आवाज बुलन्द पार्नु पर्ने मा नेताको गुणगान र कार्यकर्ता पोषण मा ब्यस्त भए पश्चात् नै जनता हरु आफै मेरो ठाउँ म बनाउछु भनेर उर्लिएका हुन भन्ने लाग्छ । मैले देखेको छु नेपालका ठुला दलहरु भित्र केही काम गर्न सक्न्ने र भिजन भएका नेताहरु छ्न तर उनीहरु यो समाजको निम्ति सेवा गर्ने ठाँउमा कहिल्यै पुगेको पाउँदिन ! राम्रा कार्यकर्ता पनि माथी आउन नसक्नु र काम गर्न क्षमता भएका पनि पार्टिको थिचोमिचोमा पर्दा सबल र सक्षम ब्यक्ती पनि आउन नस्कनु हाम्रो दुर्भाग्य हो । पार्टीहरु भित्रै रहेका सबल र सक्षम ब्यक्ति आगामी दिनहरुमा आउनको लागि स्वतन्त्र उम्मेदवारहरुलाई जिताएर पार्टिहरुमा पनि सुधार ल्याउनको लागि पनि हाम्रो चुनौती थियो ।

सवल, सक्षम र भिजन(दृष्टि) भएका, नेताको होइन आफ्नो बासिन्दाको मन जितेका, ब्यक्तिलाइ स्थानीय तहमा निर्वाचित गराए मात्र टोल, गाउँ, वडा, पालिका, नगर, महानगरको बिकासको सम्भव छ भन्ने पनि हामी सबैलाइ थाहा भएकै कुरा हो । “तपाईं तपाइको पार्टीका नेतालाई कम्तीमा प्रश्न मात्र गर्न सक्न्ने हुनु भयो भने तपाईको ठाउँले बिकासको गति लिदै भावी पुस्ताले सुखपाउने कुरामा दुइमत रहदैन”भन्ने आसयले हामिले स्वतन्त्र उम्मेदवार को पक्षमा हिड्यौ र त्यही अनुरुप देश को विभिन्न भागमा स्वतन्त्र उम्मेदवारले जित्नु सङ्गै साम्पाङ, शाह, हमालले देश भरका जनताको मन जित्न पनि सफल भयो सङ्गै लोकतन्त्र को अस्तित्व बचाएको आम नागरिकले महशुस गर्न पाए । र स्वतन्त्र व्यक्तिलाई कसैको हनुमान, झोले, बन्नु पर्दैन र देश बिकासको लागि सधै अग्रसर हुनेछ ।

साथै स्वतन्त्र ब्यक्तिले जितेको ठाउमा काम गर्न सक्दैन भन्ने जुन हुइया फैलाएको छ ! यदि स्वतन्त्र ब्यक्तिले जितेको कुनै पनि पालिकामा पार्टिका नेता कार्यकर्ताले बखडा झिके र काम गर्न बाधा पुर्याउन थाले भने पार्टि सक्किने हो स्वतन्त्रता सक्किने होइन । देशै भर बिकास र परिवर्तन चाहने स्वतन्त्रहरु एक ढिक्का हुन पर्ने अबस्था आयो भने देश ठुला दल भनिएका हरुले पत्तासाफ को परिभाषा महशुस गर्ने छन । यति बेला हजारौ युवाहरुको आक्रोश छ । मनमा हुटहुटी छ। राजनीतिक खिचातानी र राजनिती दलको कार्यकर्ता र नेता संरक्षण गर्नको लागि स्थानीय चुनाव भएको जस्तो आभास भै रहदा देशको राजधानी महानगर काठमाडौ मा एउटा स्वतन्त्र ब्यक्तिले जित्दा वा उपमहानगरमा हर्क र गोपालले बाजि मार्दा देशमा लोकतान्त्र छ र जनताले बिकृती र बिसङ्गती को बिरुद्द भोट मार्फत जति बेला पनि सझाए दिन सक्छ्न भन्ने कुरा दर्शाएको छ र यस्ले राजनिती दलमा एक पटक सुधारिनको लागि काफी सन्देश पुर्याएको छ । हामिले हाम्रो धरातल भन्दा माथी उठेर सपना बाढ्न थाल्यौ भने हाम्रो धारामा पिउन योग्य पानी कहिल्यै आउनेछैन , हाम्रो शहरमा सार्बजनिक ब्यबस्थित शौचालय कहिल्यै बन्ने छैन , बिध्यालयमा गुणस्तर शिक्षा कहिल्यै पाउने छैनौ, फोहोर फाल्ने ठाउँ समेत हुने छैन ।

हामिले कम्तिमा प्रश्न गर्ने र आफ्नै नेतालाई गलत लाई गलत र सहि लाई सहि भन्न अब पनि ढिला गर्यौ भने लन्कामा सुन छ कान मेरो बुचै बाहेक केही पाउने छैनौ । त्यसैले यति बेला स्वतन्त्र उमेदवार ले जित्नु भनेको हाम्रो आधारभुत आबश्यकता कम्तिमा पूरा हुने आशा सङ्गै राजनिती दलले अब उम्मेदवार उठाउदा बिचार पुर्याउनु नै पर्ने अब देखीएको छ । र अब पनि यस्मा सुधार नगरे यस्ता हर्क बालेन साम्पाङ मात्रै नभै हजारौ हर्क हरु देशमा जन्मनेछ र जनतले सुख महशुस गर्ने छन ।

फेरि पनि देशभर बाट हजारौ को संख्यामा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाइ यो आट यो साहस देखाउनु भएकोमा म जस्ता परिवर्तन र बिकास चाहनेहरुको तर्फ बाट सलुट ब्यक्त गर्दै देशको राजधानी , राजनीतिको केन्द्रबिन्दु मै जित्नु हुने बालेन्द्र शाह (बालेन) लगाएत हर्क साम्पाङ, गोपाल हमाल सबैलाई धेरै बधाई सङ्गै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

कमेन्टहरु
Loading...