जनप्रतिनिधिहरुले शासक नभई सवेकको रुपमा काम गर्नुपर्छ : मन्त्री विश्वकर्मा

 

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रि डोबटे विश्वकर्माले जनप्रतिनिधिहरुले शासक नभई सवेकको भुमिकामा आफुलाई स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक विकास कार्यलय कास्कीको संयुक्त आयोजनामा गणतन्त्रको संस्थागत विकास, कार्यन्वयको अवस्था,चुनौती र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले जनप्रतिनिधिहरुलाई सचेत गराउन नागरिकहरुको खवरदारी आवश्यक रहेको बताए ।
उनले गणतन्त्र स्थापनापछि नागरिकहरुले स्वतन्त्र रुपमा राजनीतिक अधिकारको अनुभूत गर्न पाएको बताए ।
युवापंक्तिमा बढ्दो वितृष्णालाई चिर्न दलहरुले युवाका भावनालाई समेट्ने गरि योजना र कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ रहेको थियो ।
केन्द्रको अभ्यासलाई अध्ययन गर्नका लागी प्रदेश सरकारले पूर्व पधादिकारीको सेवा सुविधाबारे छलफल गर्न समिति मात्रै गठन गरेको उनले प्रष्ट पारे ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मोहन काफ्ले शासन संचालन गर्ने पात्र सहि हुन सकेमा मुलुकले सहि दिशा लिन सक्ने बताए ।
गणतन्त्र स्थापना लामो समयसम्म पनि नागरिकहरुले त्यसको अनुभूत गर्न नसकेका उनको भनाई थियो ।

शान्तीको लागी नागरिक समाजको सन्जाल कास्की अध्यक्ष विना सिलवालले पूर्व पदाधिकारीहरुलाई सेवा सुविधा दिने गरि गण्डकी प्रदेश सरकारले ल्याउन लागेको विधयेक गणतन्त्रको मूल्य मान्यता विपरित रहेको भनाई राखिन् ।
उनले संविधानमा रहेको समावेशिताको मर्म विपरित स्थानीय तहको निर्वाचनमा दलहरुले उम्मेदवार छनौट गरिएको भन्दै दलहरु सच्चिन आवश्यक रहेको बताइन् ।
चर्को मूल्यवृद्धिका कारण साधारण नागरिकहरु मारमा रहेको उल्लेख गर्दै जनताको घरसम्म गणतन्त्र अझै आउन नसकेको उनको भनाई थियो ।
गैरसरकारी संस्था महासंघ केन्द्रिय सदस्य विजय प्रधान न्याय कसले पाउने भन्ने विषय उठाउन आवश्यक रहेको छ । स्थानीय तहदेखी केन्द्र सरकारसम्म न्यायिक प्रक्रिया प्राथमिकता नपरेको भन्दै गण्डकी प्रदेश सरकारले ल्याउन लागेको पूर्व पदाधिकारीलाई सेवा सुविधा दिन विधेयक खारेजको आवश्यकता रहको उल्लेख गरे ।
शान्तिका लागी नागरिक समाजको सञ्जालका पूर्व अध्यक्ष विष्णु वरालले गणतन्त्रको मर्म र भावनलाई राजनीतिक दलहरुले आत्मसाथ गर्न नसकेको बताए ।
उनले पाँच वर्ष कै अवधिमा प्रदेश सरकार खारेज गर्नुपर्ने माग गरिनुले संघियताको संस्थागत विकास हुन नसक्ने भनाई राखे ।

राजनीतिक दलका नेतृत्वको नियत सहि नभएका कारण राज्यका स्रोत साधनलाई सहि सदुपयोग हुन नसकिरहेको उनको भनाई थियो ।
डिडा नेपालका गिरधारी सुवेदीले राजनीतिक दललाई गणतन्त्रको मर्मलाई बुझाउन नागरिक समाजले दवाब दिन आवश्यक रहेको बताए ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले गणतन्त्र स्थापनापछि मुलुकमा विधि र पद्धतीको स्थापीत हुने नागरिकहरुको विश्वास गुम्दै गएको बताए ।
संविधान प्रदत्त मौलिक अधिकार उपभोग गर्नबाट बञ्चित बन्नुले गणतन्त्रात्मक शासन व्यबस्थामा प्रति नागरिकहरुको वितृष्णा बढेको उनको भनाई थियो ।
ुसंघीयता स्थापनाको पाँच वर्षमा देखिएको राजनीतिक अस्थिरताले पनि गणतन्त्रमा चुनौति थपिएको उनले बताए ।
पहुँच विहिनहरुको न्याय पाउने अवस्था अझैपनि नरहेको भन्दै पहुँच र पैसाको भरमा न्यायिक प्रक्रिया अगाडी बढ्नुले सामान्य नागरिकहरुले गणतन्त्रको अनुभूत गर्न नसकिरहेको उनले बताए ।
प्रदेश सरकारको औचित्यमाथी नागरिक तहबाट प्रश्न उठिरहेका वेला पूर्वपदाधिकारीहरुलाई सेवा सुविधा दिने गरि गण्डकी प्रदेश सरकारले विधेयक ल्याउन खोज्नुले संघियता प्रति नागरिकहरुमा वितृष्णा पैदा गराएको उनको भनाई थियो ।
कार्यक्रममा अधिवक्ता गिरधारी सुवेदीले गणतन्त्रको अभ्यास र नेपाल विषयक कार्यपत्र प्रस्तुत गर्दै गणतन्त्रलाई स्थागत गराउन राजनीतिक दल र नागरिक सबैको भुमिका महत्वपूर्ण रहने भनाई राखे ।

 

कमेन्टहरु
Loading...