बाटुलेचौरमा युआरएल शाखा खुल्यो

युआरएलले पोखरा १६ को बाटुलेचौरबाट सेवा आरम्भ गरेको छ । यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय र हस्पिटलचोकको शाखाबाट सेवा दिइरहेको छ ।
पोखरा १६ को मातृशिशु मितेर अस्पतालमा नभएका जाँच र वरिपारीका सेवाग्राहीलाई मध्यनजर गरी सेवा आरम्भ गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । युआरएल बाटुलेचौरमा करिब ५० लाख लगानी भएको उनको भनाइ छ ।

सेवा सुरुआतको अवसरमा जेठ महिनाभार मधुमेह जाँच सित्तैमा र अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजहरुमा समेत ३० प्रतिशत छुट दिइएको उनले जानकारी दिए । युआरएले पोखरा बाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ ।

गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पु¥याउन युआरएल लागिपरेको युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले बताए । यही २७ गतेबाट साबिक लेखनाथको शिशुवा अस्पताल अस्पतालअघि बाट समेत युआरएलले सेवा सञ्चालन गर्ने उनले जानकारी दिए ।

युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय १३ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ ।

कमेन्टहरु
Loading...