पृथ्वीसुब्बा बोल्दा-बोल्दै एमाले कार्यकर्ताको नारा ‘अन्तरघाती मुर्दावाद’ (भिडिओ)

पोखरा । नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विरुद्ध कार्यकर्ताहरुले नारावाजी गरेका छन् ।

पोखरा महानगरपालिकामा उपमेयर सहित ८ वडा अध्यक्ष जितेपछि आयोजना गरिएको विजय सभामा गुरुङले बोल्न थालेपछि कार्यकर्ताहरुले अन्तरघाती मुर्दावाद भन्दै नारावाजी गरेका हुन् ।

अघिल्लो पटक करिब १४ हजार मतान्तरले बहुमत सहित पोखरा महानगरपालिका जितेको एमाले यसपटक भने कमजोर बन्यो । मेयरसहित अधिकांश वडामा नेतृत्व गुमाएको एमाले भित्र गुरुङ समुहले अन्तरघात गरेको आरोप छ ।

केही समय अगाडी अडियो सार्वजनिक भएपछि नियोजित मै मेयरका उम्मेद्वार कृष्णा थापालाई हराउने अभियान चलाइएको एमाले भित्रै कार्यकर्ताको भनाई छ।

यसैविचमा आजको कार्यक्रममा गुरुङले बोल्दै गर्दा कार्यकर्ताले नारावाजी गरे । कार्यकर्ताको नारावाजीलाई एमाले पोखरा महानगर अध्यक्ष दिलिप न्यौपानेले थमथमाउने प्रयास गरेका थिए । तर नारा रोकिएन । त्यसलगत्तै कार्यक्रममा बोलेर उपमहाचिव गुरुङ बाहिएिका थिए ।

पोखरामा उम्मेदवार चयनका क्रममा एमाले भित्र गुटगत लडाँई चर्को देखिएको थियो । कास्की संगठन विभाग प्रमुख खगराज अधिकारी र उपमहासचिव गुरुङबिचको अन्तरद्धन्द चल्दै आएको छ । अधिकारी निकट रहेका थापलाई हराउन गुरुङ भुमिका खेलेको एमाले कार्यकर्ताहरु नै बताउँछन् । दिपक पौडेललाई दिएको टिकट खोसेर थापालाई दिइएपछि गुरुङ समुह हराउन लागेको आरोप ।

प्रदेश सभा सदस्य समेत रहेका थापाको नाम मेयरमा सिफारिस भएपछि गुरुङले प्रदेश सरकार बन्न सक्ने सम्भावना रहेको भन्दै सांसदलाई टिकट दिन नहुने बताएका थिए । त्यस लगत्तै थापाले आफुविरुद्ध गुरुङ सुनियोजित रुपमा लागेको प्रतिक्रिया दिएका थिए ।

कमेन्टहरु
Loading...