पोखरा/नेकपा(एमाले)का केन्द्रीय संगठन बिभागको प्रमुख खगराज अधिकारीको वडा पोखरा महानगरपालिका वडा नं. ३१ मा मेयरमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार एकिकृत समाजबादीका धनराज आचार्य र वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ढकनाथ कणेलले अग्रता कायम गरेका छन् ।
नेकपा एमालेको किल्ला भनेर चिनिएको वडा ३१ मा समाजबादी आचार्यले एमालेका उम्मेदवारलाई ६८ मतले पछि पारेका छन् भने वडा अध्यक्षमा काँग्रेसका कँडेलले १४० मतले पछि पारेका छन् । एमालेका संगठन बिभाग प्रमुखको वडामा नै एमालेको मत कम आउनुलाई चासोका साथ हेरिएको छ ।
एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र वडा अध्यक्षमा चिरञ्जिवी बञ्जराले उम्मेदवारी रहेको थियो ।
यस्तो छ मतपरिणाम