पोखरा/पोखरा महानगरपालिकाको स्थानिय तहको निर्वाचनमा लगभग २५ बर्षपछि एमालेले आफ्नो बर्चश्व गुमाउने देखिएको छ । महानगर नहुँदै पनि स्थानीय निर्वाचनमा पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा नेकपा(एमाले)ले विजयको झण्डा फहराउदै आएको थियो । तर यसपटकको निर्वाचनमा नेकपा(एमाले)ले आफ्नै पार्र्टीबाट फुटेको समाजबादीलाई कम आँकलन गर्दा पोखरा महानगरको मेयर पदमा पराजय भोग्नुपर्ने अवस्थाको सिर्जना भएको छ । ओलीको किल्ला भनेर चिनिने पोखरा महानगरपालिकामा यो पटक माधब नेपालको पार्टीले व्यालेटमा सानदार हमला गर्न सफल भएको देखिन्छ ।
यसभन्दा अघिल्लो स्थानिय तहको निर्वाचनमा ३३ वडा मध्य २२ वडामा बिजय हाँसिल गरेको एमालेले यो पटकको निर्वाचनमा बढिमा १२ वटा मात्र जित हाँसिल गर्ने अवस्था देखिएको छ । एमालेको गढ भनेर चिनिएको वडा नं.१३,२३,२४,२५,२६,२८ लगायतका वडामा नेतृत्व गुमाएको एमालेले जितेको वडामा पनि मेयर पदमा एकिकृत समाजबादीका नेता धनराज आचार्यलाई बढि मत प्राप्त गरेका छन् ।
एमालेको उत्तर कोरिया भनेर चिनिने कास्कीकोट,कालिका र बिरौटामा एकिकृत समाजबादीका धनराज आचार्यले लिड गर्दा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेको कृष्ण थापाले पराजय ब्यहोर्ने लगभग निश्चित भएको छ भने उपमेयरमा भने एमालेकै मञ्जुदेवी गुरुङले जित्ने संभाबना अत्याधिक रहेको छ ।
एमाले पार्टीको आन्तरिक किचलो र दुईगुटको झगडा सतहमा आउँदा माधब नेपाल नेतृत्वको पार्टी एकिकृत समाजबादीले पोखरा महानगरपालिकाको मेयर पद हत्याउने निश्चित भएको छ । महानगरमा नै उपमेयरमा भने नेपाली काँग्रेसले गठबन्धन बैठकमा माओबादी र जनता समाजबादी पार्टीलाई मिनिमाइज गर्न खोज्दा एमालेले नै जित्ने संभाबना बढेर गएको छ ।
महानगरको मतगणनामा एमाले नेताहरु खगराज अधिकारी ,पुष्पज्योती ढुङ्गाना,दिलिप न्यौपानै लगायतको वडामा पनि एमालेले आशातिम मत हाँसिल गर्न सकेन ।
