जसपा र माओबादी रिसाउँदा काँग्रेसकी उपमेयरलाई भोट कम

पोखरा/पोखरा महानगरपालिकामा गठबन्धन दलभित्र गडबढ हुँदा नेपाली काँग्रेसलाई उपमेयरको निर्वाचन परिणाममा धक्का लागेको छ । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार करिव २५ सय मत अगाडी हुँदा काँग्रेसको तर्फबाट उपमेयर बनेको कोपिला रानाभाटको मत भने ९ मतले पछाडी रहेको छ ।
पोखरा महानगरपालिकाको वडा बाडफाडको बिषयमा जसपालाई र माओबादीलाई हेपेको भन्दै काँग्रेसको तर्फबाट उम्मेदबार बनेकी रानाभाटलाई माओबादी र जसपाका नेता कार्यकर्ताले कम मतदान गरेको देखिन्छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेको धनराज आचार्यले भने गठबन्धन दलको अन्तरबिरोधमा प्रवेश नगरेको कारण आचार्यसँग भने अन्य गठबन्धन उदार रहेको देखिन्छ ।
यतिवेलासम्म पोखरामा वडा नं।१,२,३,४,५,६,१२,१३,२३,२४,२५र २६को मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएको १२ वडा मध्य ३ वडामा एमालेले बिजय हाँसिल गरेको छ भने काँग्रेसले ९ वडामा अध्यक्ष ।पदमा बिजय हाँसिल गरेको छ ।

 

यस्तो छ मतान्तर

पोखरा महानगरको ५२८१७ को मतगणना गर्दा
प्रमुख
कृष्ण थापा सुर्य १९३८८
धनराज आचार्य कलम २१८८०
शंकर खराल हलो २१८६
खड्कप्रसाद पौडेल लौरो ११८३
उपप्रमुख
मञ्जुदेवी गूरुङ सुर्य २२१३१
रुख कोपिला रानाभाट २२१२२
रञ्जना सेन १९४९
कमेन्टहरु
Loading...