जसले एमालेको किल्ला भत्काएर फराकिलो मतान्तरले जिते

पोखरा/पोखरा महानगरपालिकामा यतिवेला मतगणना कार्यले तिव्रता पाएको छ । केहि समय अघिमात्र पोखरा २६ को मतगणना कार्यक्रम सम्पन्न भएको छ । स्थानिय निर्वाचनमा सधै एमालेले जित्ने वडामा यसपटक नेपाली काँग्रेसका युवा नेता नरेन्द्र थापाले करिव ११ सय बढिको मतान्तरले एमालेको किल्ला भनेर चिनिने वडा नं. २६ मा काँग्रेसको झण्डा फहराएका छन् ।


पोखराको वडाहरुमा भएको मतगणामा अहिलेसम्म थापाले नै ११ सय बढि मतान्तरले बिजय हाँसिल गरेका छन् । युवाहरुमाँझ लोकप्रिय थापाले बिजयको घोषणा भएसँगै बिपिको शालिकमा माल्याणपण गरि बिपिको बाटोमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै आँफुले चुनावी अभियानका क्रममा घोषणा गरेका कामहरु सम्पन्न गर्ने योजनामा लाग्ने बताए ।
थापाले चुनावी घरदैलोलाई सुझाब संकलनको कार्यक्रम भएको बताउँदै समृद्ध वडा निर्माणका लागि सबैलाई हातेमालो गर्न आग्रह गर्दै आफ्नो जितमा कोहिले पनि हार्न नपर्ने बताउँदै आएका थिए । उनले निर्वाचन परिणाम सार्वजानिक भएलगत्तै आफ्नो बिजयले सम्पुर्ण वडाबासिको मुहारमा खुसी ल्याउने दावी गरे ।

कमेन्टहरु
Loading...