पोखरा/पोखरा महानगरपालिका वडा नं. ४ मा नेपाली काँग्रेसले प्यानलसहित बिजय हाँसिल गरेको छ । नेकपा(एमाले) का उम्मेदवार मदन मुल्मीलाई ६७ मतले पछि पार्दै काँग्रेसका देबकृष्ण पराजुली बिजय हाँसिल गरेका छन् । काँग्रेसको गढ मानिएको वडा नं. ४ मा एमालेका मुल्मीले ७५४ ल्याउँदा काँग्रेसका पराजुलीले भने ८२० मत ल्याएका छन ।
वडा नं. ४ मा अध्यक्षले झिनो मतले बिजय हाँसिल गर्दा काँग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदवार बनेका युवा व्यबसायी प्रकास कोईरालाले भने वडा अध्यक्षको भन्दा करिव १७६ मत वढि मत प्राप्त गरेका छन् ।