गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले मतान्तर बढाएका छन् । अहिलेसम्म १३२९७ मतगणना गर्दा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले ६४० मतान्तर बनाएका छन् । उनले ५६९० मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५०५० मत पाएका छन् ।
त्यस्तै राप्रपाबाट शंकर खरालले ६७७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ३३९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने झिनो मतान्तरले गठबन्धन अग्रतामा छ । कांग्रेसकी कोपीला रानाभाटले ५७१९ मतले अगाडी छिन् भने एमालेकी मन्जु गुरुङले ५६८७ मतले पछ्याएकी छिन् । त्यस्तै राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ६०६ मत प्राप्त गरेकी छिन् ।
यहाँको वडा नम्बर १ मा एमाले र २ मा कांग्रेस प्यानल विजयी भैसकेको छ ।