पोखरामा १३२९७ मतगणना गर्दा मेयरमा गठबन्धन र उपमेयरमा एमाले अगाडी

गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले मतान्तर झनै बढाएका छन् । अहिलेसम्म १३२९७ मतगणना गर्दा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले ५३२ मतान्तर बनाएका छन् ।

उनले ५३६९ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ४८३७ मत पाएका छन् । त्यस्तै मेयरका स्वतन्त्र उम्मेदवर गणेश पौडेलले ३३७ मत प्राप्त गरेको छ ।

उपमेयरमा भने झिनो मतान्तरले एमाले अग्रतामा छ । एमालेकी मन्जु गुरुङले ५४५४ मत ल्याएकी छन् भने कांग्रेसकी कोपीला रानाभाटले ५४०९ मतले पछ्याएकी छिन् ।
ल्याउँदा यहाँको वडा नम्बर १ मा एमाले र २ मा कांग्रेस प्यानल विजयी भैसकेको छ ।

कमेन्टहरु
Loading...