गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले मतान्तर झनै बढाएका छन् । अहिलेसम्म १२०९७ मतगणना गर्दा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले ४९६ मतान्तर बनाएका छन् । उनले ४८४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ४३५२ मत पाएका छन् ।
उपमेयरमा भने झिनो मतान्तरले गठबन्धन अग्रतामा छ । । कांग्रेसकी कोपीला रानाभाटले ४९९३ मत पाएकी छन् भने एमालेकी मन्जु गुरुङले ४९३८ मत ल्याएकी छन् ।
ल्याउँदा यहाँको वडा नम्बर १ मा एमाले र २ मा कांग्रेस प्यानल विजयी भैसकेको छ ।