पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई एमालेको किल्लाको रुपमा चिनिने गरेको छ । तर यसपटकको निर्वाचनमा भने उक्त गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ । अन्तिम मतपरिणाम अनुसार गाउँपालिका प्रमुखमा नेकपा एमालेका बिक्रम गुरुङलाई ४८२ मतले पछि पार्दै नेपाली काँग्रेसका मिन बहादुर गुरुङले बाजी मारेका हुन् । उपप्रमुखमा पनि काँग्रेसकी सिता अधिकारीले नेकपा(एमाले) सीता तिवारीलाई पराजित गरेकी हुन ।
सीता अधिकारीले ६ हजार ३७६ मत नेकपा एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ९ सय ७३ मत ल्याएकी छन् ।
गाउँपालिकाको ९ वडामा ७ वटा वडामा काँगेसले, १ वटा माओबादीर १ वडामा एमालेले जित हाँसिल गरेको छ ।