पोखरा गठबन्धनको अग्रता कायम

पोखरा/पोखरा महानगरपालिकामा यतिबेला मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेको धनराज आचार्यले अग्रता कायम राखेका छन् । पछिल्लो ३ हजार मत गर्दा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवार धनराज आचार्यले ११२१ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी नेकपा(एमाले) का तर्फबाट मेयर पदका उम्मेदबार कृष्ण थापाले १०४० मत ल्याएका छन् ।
उपमेयरमा पनि गठबन्धकी उम्मेदबार कोपिला रानाभाटले १२४६ मत ल्याएर अग्रता कायम गरेकी छन भने उनकी प्रतिस्पर्धी मञ्जुदेबी गुरुङले ११२१ मत ल्याएकी छन् ।

कमेन्टहरु
Loading...