निर्वाचनको सम्पूर्ण तयारी पूरा

 

भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।

‘निर्वाचनको तयारी सबै पूरा भइसकेको छ। शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण मिलाइएको छ ’ उनले भने ।

कमेन्टहरु
Loading...