लमजुङमा राँगोको आक्रमणमा परि एकको मृत्यु

(फाइल तस्विर)

लमजुङमा राँगोको आक्रामणमा परि एक जनाको मृत्यु भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका ४ का ४४ बर्षिय खुमबहादुर नेपालीले पालेको राँगाले हान्दा खुमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिस रेग्मीले बताए । उनका अनुसार आइतबार बिहान ६ बजेतिर गोठमा राँगो बाँध्न गएका खुमबहादुरलाई राँगोले हानेपछि गम्भीर घाइते भएका थिए । गम्भीर घाइते नेपालीलाई उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल लगिएको थियो । बेंसीसहरमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रिफर गरिएकोमा बाटोमै गम्भीर अवस्था भएपछि फर्काएर सुन्दरबजार ९, सिउाडीबारको भोटेओडार अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राँगोले खुमबहादुरकी छोरी २० वर्षीया रविना लाइ समेत घाइते बनाएको छ । उनको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनको शरीरको तल्लो भागमा चोट लागेको छ ।मान्छेको ज्यान लिने राँगोलाई प्रहरीले गोली हानेर मारेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कमेन्टहरु
Loading...